मोरङ — बुढीगंगा गाउँपालिका–टंकीसिन्वारीका वरिष्ठ युवा तरकारी व्यवसायी अजय शाह विगत धेरै वर्षदेखि निरन्तर तरकारी व्यवसायमा सक्रिय हुँदै आएका छन्। बिहान सबेरै स्थानीय बजारमा ताजा तरकारी पुर्‍याएर ग्राहकलाई सेवा दिने शाह मेहनती, इमानदार र भरोसामन्द व्यापारीका रूपमा चिनिन्छन्।

उमेरले कम भए पनि शाहको अनुशासन, उत्साह र कामप्रतिको निष्ठा छ। परिवारको दायित्व सम्हाल्दै जीवनयापनमा मेहनतको बाटो रोजेका उनी “कर्मठताकै कारण जीवन सहज बन्छ” भन्ने उदाहरण बनेका छन्।

स्थानीयवासीले पनि अजय शाहलाई उचित मूल्यमा ताजा तरकारी उपलब्ध गराउने, ग्राहकमैत्री व्यवहारका कारण अत्यन्त सम्मानका साथ हेर्ने गरेका छन्। टंकीसिन्वारीका नागरिकलाई दैनिक रूपमा आवश्यक तरकारी सहज उपलब्ध गराउन शाह बिहानदेखि बेलुकासम्म व्यस्त रहन्छन्।

उनको निरन्तरता, लगनशीलता र इमानदार व्यवसायिक बानीले स्थानीय बजारमा सकारात्मक वातावरण सिर्जना गरेको छ। समुदायका लागि शाह मेहनत, सेवा र विश्वासको प्रतीकका रूपमा स्थापित भएका छन्।

तपाईको प्रतिक्रिया