इटहरी : सुनसरीको इटहरी उप–महानगरपालिका–४ मनकामना चोकस्थित म्याट्रिक्स पार्कमा फलामे गेटले किच्दा एक वृद्धको मृत्यु भएको छ।
बुधबार राति करिब ११ बजे पार्कको गेट खोल्ने क्रममा अन्दाजी ७४–७५ वर्षका कालुराम कार्की गेटको बीचमा परेर ज्यान गुमाएका प्रहरीले जनाएको छ।
इटहरी प्रहरीले राति घटनाबारे जानकारी पाएपछि टोली घटनास्थल पुगेको थियो।बिगत १० वर्षदेखि काम गर्दै आएका कार्कीले उक्त फलामको गेट स्लाइड गर्ने क्रममा गेट लिकबाट बाहिर निस्किएर पल्टिएको थियो।

तपाईको प्रतिक्रिया