महिला सांसद् संसद्मा नै यौनहिंसाको शिकार
काठमान्डाैं / गण्डकी प्रदेशसभा सदस्य पुष्पाकेसी भण्डारीले संसद्भित्रै आफूहरुमाथि यौनहिंसा भएको बताइन् । भनिन्, ‘पुरुषसांसदबाट संसद्भित्रै हामीमाथि यौनहिंसा भएको छ । तर, इज्जतको डरले सहन बाध्य छौँ ।’ पुरुष सांसदहरुले जिस्किने र मात्तिने नियतले फिलिङ्स दिने गरी हात मिलाउने र टाँसिएर ‘हग’ गर्ने गरेको उनले दाबी गरिन् । ‘के हग गर्दा पनि फिलिङ्स आउने गरी गर्नुपर्छ ? टाँसिइरहनुपर्छ ?,’ उनले भनिन् ।
...











