काठमाडौँ । आन्दोलनरत विद्यार्थी र युनिर्भसल मेडिकल कलेजबीच सहमति भएको छ । शुल्क फिर्ताको मागसहित आन्दोलित चिकित्सा शास्त्रका विद्यार्थी र कलेज प्रशासनबीच ६ बुँदे सहमति गरिएको कलेजले जनाएको छ । विद्यार्थीबाट अतिरिक्त शुल्क लिएको कलेज शिक्षा मन्त्रालय मंसिर १० गते गरिएको सहमति अनुसार शुल्क समायोजन गर्न सहमत बनेको हो।

शैक्षिक सत्र २०७५र०७६ मा लिएको अतिरिक्त शुल्क कटौती गरी आगामी वर्षका लागि समायोजन गर्ने सहमतिमा उल्लेख छ। शैक्षिक सत्र २०७४र२०७५ का विद्यार्थीबाट लिएको रकम पनि फिर्ता वा समायोजन गरिने भएको हो। २०७२ र २०७३ को हकमा चिकित्सा शिक्षा आयोगको छानबिन प्रतिवेदन अनुसार गर्न विद्यार्थी र कलेज प्रशासन सहमत भएका हुन्। सहमति पछि पठनपाठन समेत सुचारु गर्न सम्झौतामा उल्लेख छ।

सहमति पत्रमा कलेजका तर्फबाट अजयकुमार पीएस र सन्तोषकुमार बीएन र विद्यार्थीका तर्फबाट १५ जना विद्यार्थीले हस्ताक्षर गरेका छन्। आन्दोलनमा सहभागी भएका विद्यार्थीलाई कलेजले कुनै पूर्वाग्रह नराख्ने समेत सम्झौता पत्रमा उल्लेख छ।

यसअघि विद्यार्थीले ४ वर्षकै शुल्क फिर्ता हुनुपर्ने र एमबीबीएस र बीडीएस बाहेकका विषयमा पनि रकम समायोजन गरिपर्नु माग राख्दै आन्दोलन जारी राखेका थिए। अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।