अब तीनमहिने तालिम नलिई बिहे गर्न नपाइने ?
काठमाडौं । बिहेका लागि केटाकेटीको मन मिल्नु पर्यो । परम्परागत बिहेमा घरपरिवारको पनि स्विकृति अनिवार्य हुन्छ । यसबाहेक बिहेका लागि कुनै परीक्षा नै पास गर्नुपर्ने नियम दुनियामा कतै सुनिएको थिएन । तर कहीँ नभएको जात्रा हाँडीगाउँमा भन्ने उखान इण्डोनेसियामा लागू हुने भएको छ । हो, इण्डोनेसियामा बिहे गर्नका लागि अब ३ महिनाको तालिम पास गर्नुपर्ने नियम सुरु हुँदैछ ।
मिडिया रिपोर्ट अनुसार इण्डोन...








