मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ८ मा स्थापित प्रभात सामुदायिक युवा क्लबले आफ्नो २५ औं स्थापना दिवसको अबसर पारेर साता ब्यापी कार्यक्रम आयोजना गरि रजत महोत्सव मनाएको छ ।

आज सातौ दिन १५० जना सहभागी भएको म्याराथन प्रतियोगितामा प्रथम पथरीशनिश्चरे नगरपालिका वडा नम्बर १ निवासी रोहित आङ्देम्बे, दोस्रो वडा नम्बर २ निवासी आशोक लिम्बू र तेस्रो ३ नम्बर वडा निवासी किरण योङ्हाङ भएको क्लबका अध्यक्ष नवीन जङ कार्कीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया