सबैलाई अचम्मीत पार्दै पारस खड्काको कप्तानपदबाट राजिनामा तर जुनसुकै रुपमा भएपनि क्रिकेटमै लागिरहने
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट राजीनामा दिने आफ्नो निर्णय योजनाबद्ध र उपयुक्त समय भएको पारस खड्काले बताएका छन् । मंगलबार दिउँसो ुअप्रत्याशितु राजीनामा सार्वजनिक गरेका पारसले सञ्चारकर्मीसँग कुरा गर्दै भने, ‘साढे ३ वर्षदेखिको आईसीसीको निलम्बन फुकुवाको मिति कुरेको थिएँ, हिजो फुकुवा भएसँगै मैले राजीनामा सार्वजनिक गरेको हुँ ।’
१० वर्ष नेपाली टोलीको नेतृत्व गरेका प...











