काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट राजीनामा दिने आफ्नो निर्णय योजनाबद्ध र उपयुक्त समय भएको पारस खड्काले बताएका छन् । मंगलबार दिउँसो ुअप्रत्याशितु राजीनामा सार्वजनिक गरेका पारसले सञ्चारकर्मीसँग कुरा गर्दै भने, ‘साढे ३ वर्षदेखिको आईसीसीको निलम्बन फुकुवाको मिति कुरेको थिएँ, हिजो फुकुवा भएसँगै मैले राजीनामा सार्वजनिक गरेको हुँ ।’

१० वर्ष नेपाली टोलीको नेतृत्व गरेका पारसले नेपाल क्रिकेट संघको नयाँ नेतृत्व आएको र आईसीसीको निलम्वन फुकुवा भएको अवस्थामा भविष्यमा नेपाली क्रिकेटलाई नयाँ उचाईबाट अगाडि बढाउन मार्ग प्रशस्त गरेको दाबी गरे । ट्वान्टी(२० विश्वकप र एकदिवसीय मान्यतालाई आफ्नो सबैभन्दा ठूलो उपलब्धी मानेका पारसले २०७३ बैशाखयता समग्र नेपाली क्रिकेटकै प्रतिनिधिको रुपमा जिम्मेवारी निभाएका थिए ।

नेपाल क्रिकेट संघ ९क्यान० लाई आईसीसीले निलम्बन गरेको अवस्थामा पारसले टिमको कप्तानका अतिरिक्त मेन्टर र सेलेक्टरको समेत भूमिका निभाएका थिए । ‘सधैं सबैले एउटै भूमिका निभाउन सक्दैन । समयानुकुल परिवर्तन भइरहन्छ । आज म जुन स्थानमा छु सधैं एउटै रहँदैन, कप्तानी त्यागे पछि खेलाडीको रुपमा र त्यसपछि जुनसुकै रुपमा भए पनि क्रिकेटमै लागिरहनेछु,’ पारसले भने ।

नेपाल क्रिकेट संघको नवनिर्वाचित कार्यसमितिसँगको असहमतिका कारण राजीनामा दिएको आरोपलाई पारसले अस्वीकार गरेका छन् । ‘उहाँहरुले गर्ने र मैले गर्ने जिम्मेवारी फरक छ । तर दुईबीच समन्वय हुनुपर्छ । उहाँहरु क्रिकेटको विकासका लागि आउनुभएको छ भने मेरो के आपत्ति रहन्छ र रु’ उनले प्रतिप्रश्न गरे । अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया