सुनसरीको कोशी कटानमा मोटरसाईकल दुर्घटनामा परी एक जनाकाे ज्यान गएकाे छ । कोशी गाउँपालिका-४ कटानमा भएको मोटरसाईकल दुर्घटनामा परी उदयपुरका निरीराज गिरीकाे मृत्यु भएकाे हाे । साही दुर्घटनामा परी अन्य ३ जना घाइते भएका छन् ।
सोही मोटरसाईकलमा पछाडी सवार रहेका फत्तेपुर नगरपालिका-२ का ५० बर्षीय भक्त बहादुर बिष्ट र को २९ प ७८५३ नम्बरको मोटरसाईकल चालक ईनरुवा नगरपालिका-४ का २३ बर्षीय सबिर आलमको नोबेल अस्पताल बिराटनगरमा उपचार भईरहेको छ भने को २९ प ७८५३ नम्बरको मोटरसाईकलमा पछाडी सवार रहेका ईनरुवा नगरपालिका-४ का ३३ बर्षीय रियाज मियाको जिल्ला अस्पताल ईनरुवामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।