जिल्ला प्रहरी कार्यालय भोजपुरले श्रीमानको हत्या आरोपमा श्रीमतीलाई पक्राउ गरेको छ । पौवादुङमा गाउँपालिका वडा नम्बर –१ हिलेभञ्ज्याङ्गका ४९ वर्षीय धनकुमार राई शंकास्पद अवस्थामा मृतफेला परेपछि प्रहरीले उनकी श्रीमती ३९ वर्षीय निर्मला राईलाई सोमबार नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो ।

राईको टाउको लगाएत शरिरका विभिन्न भागमा चोटपटक लागेको प्रहरीको भनाइ छ । घटनाको प्रकृती हेर्दा राईको हत्या भएको हुन सक्ने प्रहरीले जनाएको छ । निर्मलालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी उपरीक्षक नरबहादुर सलामी मगरले जानकारी दिनुभयो । मृतक राईको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल भोजपुरमा ल्याइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया