सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोरासहित ३ जनाको मृत्यु
विराटनगर । सुनसरीमा शनिबार साँझ दुर्घटना हुँदा बाबु–छोरासहित ३ जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते भएका छन् ।
चतरा–कान्छी चोक भित्री सडक खण्डस्थित रामधुनी नगरपालिका–७ बासबिटीमा साँझ ७ः२० बजेतिर दुर्घटना भएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले बताए । उनका अनुसार कालाबञ्जारबाट कान्छी चोकतर्फ आउँदै गरेको प्रदेश १–०२–०५६ प ५८६४ नम्बर र कान्छी चोकबाट कालाबञ्जारतर्फ जाँदै गरेको को ३...











