प्रहरी हुँ’ भन्दै रकम असुल्ने पक्राउ
सुनसरी प्रहरीले विभिन्न व्यक्तिहरुलाई धाकधम्की दिएर रकम असुली गर्ने १ जनालाई पक्राउ गरेको छ ।‘प्रहरी हुँ’ भन्दै रकम असुली गर्ने इनरुवा नगरपालिका–९ का ३० वर्षीय पवन मेहतालाई पक्राउ गरिएको सुनसरी प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाले बताए । उनका अनुसार मेहतालाई भोक्राहा–नरसिंह गाउँपालिका–५ बाट बिहीबार साँझ पक्राउ गरिएको हो ।
विशेष सूचनाका आधारमा प्रहरी चौकी पोखरी चोक र जिल्ला प्रहरी कार्यालय सुन...










