क्यान्सर बिरामीलाई ३७ प्रकारका महँगा
काठमाडौंः नेपालमा किन्नसमेत नपाइने क्यान्सरका महँगा औषधि सरकारले अब निःशुल्क उपलब्ध गराउने भएको छ । विभिन्न चार अस्पतालमार्फत ती औषधि वितरण गर्ने गरी आइतबार केही औषधि स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरिएको छ । अमेरिकास्थित अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ‘डाइरेक्ट रिलिफ’को सहयोग र ‘वान हार्ट वल्र्डवाइड’को समन्वयमा उक्त औषधि तथा स्वास्थ्य सामग्री २७ असारमा नेपाल आइपुगेको थियो । आइतबार प्राप्त औष...











