उदयपुरमा मंगलबार साँझ मोटरसाइकल दुर्घटना हुँदा मोरङ घर भएका १ जनाको मृत्यु भएको छ ।
बेलका नगरपालिका–८ मा साँझ ५ः४५ बजेतिर दुर्घटना भएको थियो । बोप्ताङबाट सोमबारेतर्फ जाँदै गरेको को ३८ प ९८७ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परेर मोटरसाइकल चालक मोरङको बूढीगंगास्थित टंकीसिनवारी घर भएका ३२ वर्षीय अनिल राजवंशीको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनको उपचारका क्रममा मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा राति ८ः१० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार भोजपुरको षडानन्द नगरपालिका–७ दिंलाकी १८ वर्षीया तुलसा कार्की घाइते भएकी छन् । प्रहरीका अनुसार अवस्था सामान्य रहेकी उनको उपचार भइरहेको छ ।मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया