बाढीले ४ वटा पुल बगायो, २ वटामा क्षति
मुस्ताङ । लेदोसहित अचानक आएको बाढीले ४ वटा पुल बगाएको छ । बाढीले २ वटामा क्षति पुर्याएको छ ।
उपल्लो मुस्ताङमा मंगलबार साँझ लेदोसहितको बाढीले पुलमा क्षति पुर्याएको हो । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार नेपाल–चीन उत्तरी सीमावर्ती गाउँ लोमान्थाङ गाउँपालिका–४ छोसेरस्थित चुम्जुङ खोलामा करिब ३ घण्टा भीषण बाढी आएको थियो।
बाढीले लोमान्थाङ–४ स्थित चुम्जुङ खोलाको एउटा, लोमान्थाङ–२ साम्जुङस्थित निर्माणाधिन अर्को गरेर २ वटा पक्की मोटरेबल पुलमा क्षति पुर्याएको प्रहरीले जनाएको छ । बाढीले त्यसक्षेत्रमा रहेको फलामे पुल र ३ वटा काठेपुल बगाएको छ ।

तपाईको प्रतिक्रिया