एनसेलकै कुरा : संसदीय समिति र बार एसोसियसनको निर्णयप्रति प्रधानन्यायाधीशको असन्तुष्टि
काठमाडौँ : प्रधानन्यायाधीश चोलेन्द्रसमसेर जबराले एनसेलको पूँजीगत लाभकरबारे सर्वोच्च अदालतबाट भएको फैसला अध्ययन गर्ने संसदीय समिति र बार एसोसियसनको निर्णयप्रति असन्तुष्टि प्रकट गरेका छन् । दसैं, तिहार तथा छठको अवसरमा सर्वोच्च अदालत परिसरमा शुक्रबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा जबराले संसदीय समिति र बार एसोसिएसनको नाम नलिईकन अदालतबाट भएका फैसला असम्बद्ध व्यक्ति, निकाय वा प्रक्रियाबाट परिक्...











