काठमाडौं । साउदी अरेबियाले विदेशी पर्यटकका लागि लचिलो नीति अपनाएको छ । साउदीले पर्यटन क्षेत्रमा वैदेशिक लगानी आकर्षित गर्न ४९ देशका पर्यटकका लागि नयाँ भिसा कार्यक्रम घोषणा गर्ने जनाएको छ । परम्परागत मुस्लिम राज्य साउदीले भ्रमणमा आउने युवतीका लागि समेत अन्य मुलुकमा झैँ स्कर्ट लगाउन पाइने नीति ल्याउँदैछ । पर्यटन प्रमुख अहमद अल खतिबका अनुसार पर्यटक युवतीका लागि बुर्का अनिवार्य हुनेछैन । सरकारले नयाँ भिसा कार्यक्रम घोषणा गर्दै विदेशी कम्पनीलाई लगानीका लागि आग्रह गरेको हो ।

खतिबका अनुसार चीन, जापान, यूरोप र अमेरिका साउदीको प्रमुख लक्षित मुलुक हुन् । हालसम्म साउदीमा सार्वजनिक स्थलमा महिलाका लागि पहिरनमा अनुदार नीतिका साथै पुरुष र महिला डेटिङ गर्नु प्रतिबन्ध थियो । ‘अन्य वस्तुसँग रमाउन साउदी आउने पर्यटक हामीसँग प्रसस्त हुनेछन्,’ खतिबले भने । अाजकाे राजधानी दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया