काठमान्डाैं / संघीय संसद् सचिवालयले एक वर्षमा सांसदको तलब र भत्ताका लागि झन्डै ७० करोड रुपैयाँ खर्च गरेको छ । आर्थिक वर्ष २०७५÷७६ मा तलबका लागि ३४ करोड १६ लाख र भत्ताका लागि ३५ करोड ४६ लाखभन्दा बढी खर्च भएको छ ।
यो हिसाबअनुसार औषतमा एक जना सांसदले एक आर्थिक वर्षमा ११ लाख ५८ हजार ८८१ रुपैँयाँ भत्ता बुझ्छन् । जबकी उनीहरुको वर्षदिनको औषत तलबका लागि ११ लाख १६ हजार रुपैयाँ खर्च भएको छ । यो हिसावले सांसदले एक महिनामै औसत ९६ हजार ५७३ रुपैयाँ भत्ता बुझ्छन् । अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।