काठमाडौं । मालपोत कार्यालय महोत्तरीका प्रमुख भुपबहादुर बोगटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कार्यालय समयमा मालपोत प्रमुख मातेर कार्यालयमा बसेको देखेपछि सेवाग्राहीले प्रहरीलाई खबर गरेका थिए।

जिल्ला प्रहरी कार्यालय जलेश्वरको प्रहरी टोलीले बोगटीलाई पक्राउ गरेको डीएसपी माधव बुढाथोकीले जानकारी दिए। ‘जिल्ला अस्पताल जलेश्वरमा मेडिकल गराएका छौं। मदिरा सेवन गरेको रिपोर्ट आएको छ,’ उनले भने, ‘प्रमुख बोगटीलाई प्रहरी कार्यालयमा राखेका छौं।’

शुक्रबार दिउँसो उनी रक्सी पिएर कुर्सीमा निदाएको भेटिएका थिए। उनलाई प्रहरी कार्यकक्षबाटै नियन्त्रणमा लिएको हो। प्रहरीले बोगटीलाई शुक्रबार दिउँसो नियन्त्रणमा लिएको हो। प्रहरीले बोगटीमाथि अनुसन्धान भइरहेको बताएको छ। उनलाई थप अनुसन्धानका लागि अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। अाजकाे राजधानी दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया