दमक जन्मियो टाउको नभएको बच्चा
दमक/ झापाको दमकस्थित आम्दा अस्पतालमा टाउको नभएको शिशुको जन्म भएको छ ।
दमक–२ स्थित आम्दा अस्पतालमा मोरङको मिक्लाजुङ गाउँपालिका–७ की गुराँस कार्कीले टाउकोविहीन बच्चालाई जन्म दिएकी हुन् । २४ वर्षीया आमा गुराँस र ३० वर्षीय सुजन कार्कीको दोस्रो सन्तानको रूपमा जन्मिएकी छोरीको टाउकोको माथिल्लो भाग छैन । बच्चाको स्वास्थ्यप्रति परिवार चिन्तित बनेका छन् ।
अस्पतालका फेमिली फिजिसियन डा.प्रकाश शर्मा यस्त...











