दमक/ झापाको दमकस्थित आम्दा अस्पतालमा टाउको नभएको शिशुको जन्म भएको छ ।

दमक–२ स्थित आम्दा अस्पतालमा मोरङको मिक्लाजुङ गाउँपालिका–७ की गुराँस कार्कीले टाउकोविहीन बच्चालाई जन्म दिएकी हुन् । २४ वर्षीया आमा गुराँस र ३० वर्षीय सुजन कार्कीको दोस्रो सन्तानको रूपमा जन्मिएकी छोरीको टाउकोको माथिल्लो भाग छैन । बच्चाको स्वास्थ्यप्रति परिवार चिन्तित बनेका छन् ।

अस्पतालका फेमिली फिजिसियन डा.प्रकाश शर्मा यस्ता बच्चाहरू जन्मिरहेकाले नौलो मान्नुपर्ने कारण नभएको बताउँछन् । गर्भवती भएका बेलामा आवश्यक मात्रामा पौष्टिक आहारा खुवाउन नसक्दा यस प्रकारको बच्चा जन्मने उनको भनाइ छ । उनका अनुसार कार्की परिवारबाट जन्मेको यो बच्चा आमा गर्भवती भएको ५–६ महिनामा स्वास्थ्य परीक्षण गराउँदाको अल्ट्रा साउण्ड रिपोर्टमा पनि बच्चाको यो अवस्था देखिएको उनको भनाइ छ ।

चिकित्सक शर्माका अनुसार यस प्रकारको बच्चा बाँचे नै पनि टाउकोको उपचार भने गर्न सम्भव हुँदैन । यस प्रकारको घटना विश्वका गरिब मुलुकमा बढी हुने गरेको चिकित्सकको भनाइ छ ।

तपाईको प्रतिक्रिया