सिरहा– जिल्लाको सुखीपुर नगरपालिका–८ स्थित एक होटलमा जुवा तास खेलिरहेको अवस्थामा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विवेक सप्लायर्स कोल्ड रमेर एण्ड होटलमा राति १० बजे तास खेलिरहेको अवस्थामा दुई लाख २१ हजार चार सय ४५ रुपैयाँसहित उनीहरुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय सुखीपुरले जनाएको छ ।

पक्राउ पर्नेहरुमा सुखीपुर नगरपालिका–८ बस्ने ४० वर्षीय रञ्जित साह, सोही स्थानका ४२ वर्षीय नागेश्वर चौधरी, ५५ वर्षीय रामजित साह, ४० वर्षीय राम किसुन महत्तो, ४० वर्षीय रामबिलास मुखिया रहेका छन् ।

यता, पोखरा महानगरपालिका–९ नयाँबजारस्थित तमु सेवा समितिको भवनमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका–९ बस्ने ५५ वर्षीय याम कुमार थापालगायत ८ जनालाई नगद २५ हजार १ सय १० रुपैयाँ र ४ बुक ताससहित सोमबार राति प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया