जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा भ्रष्टाचारसम्बन्धी उजुरी परेको छ।

विभिन्न योजना तथा सामाग्री खरिद प्रक्रियामा करोडौं रकम अनियमितता गरेको भन्दै गाउँपालिकाका अध्यक्ष कृष्ण केसीविरुद्ध मुद्दा परेको हो।

विभिन्न योजनाको रकम दुरुपयोग गरेको, काम सम्पन्न नगरी भुक्तानी लिएको, विभिन्न विद्यालयहरुमा आफू अनुकुलका शिक्षक नियुक्त गरेको, गाउँपालिकाको सामग्री खरिदमा अनियमितता गरेको लगायतका विषयमा उजुरी परेको अख्तियार सुर्खेत कार्यालयले जनाएको छ।

गाउँपालिकामा पर्ने मजकोट खोला जलविद्युत आयोजना, नरमरादेखि लुहादहसम्मको सडक स्तरोन्नतिको काम सम्पन्न नगरी आर्थिक अनियमितता गरेको उनीमाथि आरोप लागेको छ।

तपाईको प्रतिक्रिया