रोशनी झा मृत्यु प्रकरण : दोषीलाई कारवाहीको माग राख्दै धर्ना
काठमाडौं । जनकपुरधामकी रोशनी झाको शंकास्पद मृत्यु प्रकरणमा माईती पक्षले दोषीलाई कारवाही गर्न माग गर्दै धर्ना दिएका छन् । उनीहरु बिहीबार जनकपुरधामको जनक चोकमा धर्नामा बसेका छन् ।
रोशनी झाको हत्या भएको दाबी गर्दै धर्नामा बसेका माईती पक्षका नातेदारहरुले रोशनीको हत्यामा संलग्न रहेका थप केही व्यक्तिहरुलाई पक्राउ गर्न माग राखेका छन् । चिकित्सक डा.धिरज झा, र प्रमाण नष्ट गरेका ससुराली पक्षको नातेदार ...











