राजमार्गमा पार्किंग शुल्क उठाएको भन्दै उपमहानगर घेराउ
इटहरी । सामान्य मर्मत सम्भार गर्न समेत आलटाल गर्ने इटहरीले रास्ट्रीय राजमार्गमा गुड्ने विभिन्न साधनहरुलाई पार्किङ्ग शुल्क लिने गरेको छ । गुडीरहेको सफारीमा पनि ठेकेदारहरुले कर उठाएको भन्दै इटहरीका सिटिसफारी व्यवसायीहरुले उपमहानगर घेराउ गरेका छन ।
पार्किङ तथा सरसफाई शुल्क भन्दै दैनिक २० देखि ३० रुपैया सम्म उठाएको भन्दै सफारी चालकहरु आन्दोलित भएका हुन् । सार्वजनिक बस पार्क बाहेक उपमहानगरको पार्किङ...









