मोरङ–३ बाट ९ प्रतिनिधिका लागि ३७ जनाको उम्मेदवारी (नामावली सहित)
बेलबारी । मोरङ क्षेत्र नम्बर ३ बाट नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि ९ जना प्रतिनिधि चयनमा ३७ जनाले उम्मेदवारी दिएका छन्।
निर्वाचन समितिका संयोजक गणेशप्रसाद दाहालका अनुसार ५ खुल्ला कोटाका लागि २४ जनाले उम्मेदवारी दर्ता गराएका छन्।जस्मा राजकुमार ओझा, सन्तोष बान्तवा, बासुदेव थापा (नविन), सुरेन्द्रबहादुर थापा, बीरेन्द्र श्रेष्ठ, रोसनप्रसाद ढकाल, मातृकाप्रसाद ढकाल, केदारप्रसाद गुरागाई...











