काँग्रेस मोरङले भन्यो–जेनजी आन्दोलनमा लुटपाट र आगजनी गर्नेलाई कारवाही गरियोस्
विराटनगर । जेनजी आन्दोलनका क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमाथि तोडफोड र आगजनी गर्नेलाई कारबाहीको दायरामा ल्याउन नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ ले माग गरेको छ । आन्दोलनका क्रममा विराटनगरस्थित लोकतन्त्रप्रति आस्था राख्ने तथा कांग्रेसजनको आस्थानको धरोहर कोइराला निवाससहित पुष्पलालचौकमा समेत आगजनी तथा तोडफोड गरिएको भन्दै संलग्नको पहिचान गरेर कारवाही गर्न माग गरिएको हो ।
क्षेत्रीय सभापति...











