इटहरी : सुनसरीको बराहक्षेत्र नगरपालिका १ बयरवनस्थितमा रहेको प्रभु बैंक लिमिटेडको एटिएम मेसिन तोडफोड गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बराहक्षेत्र १ खारखोलाका २७ वर्षीय सञ्जीव राईले एटिएम मेसिन तोडफोड गर्दै गरेको भन्ने जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।पक्राउ परेका राईमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















