विराटनगर । जेनजी आन्दोलनका नाममा अराजक समूहले आगजनी र तोडफोड गरेर ध्वस्त बनाएको जिल्ला प्रशासन कार्यालय मोरङलाई मर्मत सम्भार गरेर सबै सेवा सञ्चालनमा ल्याइएको छ ।
आगजनीपछि पूर्ण रूपले ध्वस्त भएको कार्यालय पुरानै लयमा फर्किएको हो । मंगलबारदेखि कार्यालयले सबै प्रकारका सेवा सुचारु गरेको छ । यसअघि आंशिक सेवा मात्रै सञ्चालनमा थिए । मंगलबारबाट राहदानी र राष्ट्रिय परिचयपत्रको सेवा पनि सुरु भएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।















