गाउँपालिका अध्यक्षसँग दुई करोड माग्दै धम्क्याउनेलाई स्वयम्भूमा प्रहरीले गोली चलायो
प्रहरीले काठमाडौंको स्वयम्भूको बिजेश्वरी हाउजिङमा गोली हानेर एक जनालाई पक्राउ गरेको छ। टेलिफोनबाट गाउँपालिका अध्यक्षलाई दुई करोड माग्दै ज्यान मार्ने धम्की दिने व्यक्तिलाई पक्रन प्रहरीले गोली चलाएको हो।
बिजेश्वरी हाउजिङमा रहेका लोप्सन भनिने मिलन तामाङलाई दुई गोली हानेर महानगरीय अपराध महाशाखाले नियन्त्रण लिएको हो।
रामेछाप मन्थली नगरपालिकाका तामाङले सोही जिल्लाको लिखु गाउँपालिका अध्यक्ष गोविन्द...







