उदयपुरमा ४० हजार नक्कली नोटसहित अनिल पक्राउ
उदयपुर / उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाईबाट बुधबार विहान नेपाली एक हजार दरका ४० हजार नक्कली नोटसहित एक किशोर पक्राउ परेका छन् । प्रहरीले च्यातिएको एउटा र ३९ वटा नक्कली हजारका नोटसहित १६ वर्षीय अनिल मियाँलाई नियन्त्रणमा लिएको हो ।
मंगलबार साँझ सिवाई बजारको नैनादेवी चौधरीको पसलमा १ सय ४० रुपैयाको दैनिक उपभोग्य वस्तु खरीद गरेपछि नक्कली हजारको नोट दियो । पसलेले चेन्ज छैन भनेपछि फिर्ता गरे...





