विराटनगर २१ साउन । विराटनगर ९ मा रहेको हिमालय दर्शन कलेजमा अध्ययनरत विद्यार्थीहरुले धनकुटामा पुगेर गरिएको ‘रिर्सच वेष्ट भिजिट’ को रिर्पोट बुधबार प्रस्तुत गरेका छन् ।
विद्यार्थीहरुले कलेजमा एक कार्यक्रम आयोजना गरी गत साउन १६ गते धनकुटा जिल्लामा पुगेर आईटीको पहुच के कस्तो छ भन्ने विषयमा तयार पारिएको रिर्पोट प्रस्तुत गरेका थिए । कलेजमा अध्ययनरत वि.एस्सी सीएस आईटी , वि.आई.एम, वि.सीएका विद्यार्थीहरुले धनकुटामा पुगेर आईटीको विषयमा ‘रिर्सच वेष्ट भिजिट’ गरेका थिए ।


विद्यार्थीहरुको फरक फरक समुह बनाएर विभिन्न विषयमा विद्यार्थीलाई अध्ययन तथा अनुसान्धान गराइएको थियो । यसैविच सबैभन्दा उत्कृष्ट हुने समुहलाई नगद सहित पुरस्कृत गरिएको थियो । आफुले अध्ययन तथा अनुसन्धान गर्ने र सबैभन्दा राम्रो प्रस्तुतीकरण दिने समुह ‘ई ’ विजेता बनेको छ ।

विजेता टिमले नगद ६ हजारले पुरस्कृत गरेको थियो । त्यसैगरी समुह ‘वि’ दोस्रो तथा ग्रुप ‘ए’ तेस्रो भएको थियो । उनीहरुले क्रमस ५ हजार र ४ नगद पुरस्कार प्राप्त गरेका थिए । कार्यक्रममा मेची क्याम्पसका लेक्चर कृष्ण प्रसाद आचार्य, राजु पौडेल, हिमालय दर्शन कलेजका सस्थापक भेषराज पोखरेल, आईटी विभागका प्रमुख सुमित कुमार साह , मेनेजमेन्ट विभागका प्रमुख भुपाल मिश्र, लेक्चर एलिना कोईराला, बसन्त पौडेल, उमिद घिमिरेको उपस्थित रहेको थियो ।

विद्यार्थीहरुले धनकुटा पुगेर सरकारी तथा निजी कार्यालय, स्कुल, कलेज, सामाजिक संघसस्था, र स्थानिय व्यावसायीहरुले आईटीको प्रयोग गरेका छन् की छैनन् भन्ने विषयमा अनुसन्धान गरेका थिए ।

तपाईको प्रतिक्रिया