विराटनगर जुट मिलको ७३ वर्षदेखिका फाइल अध्ययन गर्दै आयोग
विराटनगर, साउन १८ गते । सरकारको ६८ प्रतिशत सेयर स्वामित्व रहेको विरानटगर जुट मिलको अनियमितता छानबिनका लागि गठित आयोगले वि.सं. १९९३ सालदेखिका फाइलहरू खिचेको छ ।
उच्च अदालत विराटनगरका न्यायाधीश शेखरप्रसाद पौड्यालको अध्यक्षतामा गठित पाँच सदस्यीय छानबिन आयोगले स्थापनाकालदेखिका फाइल खिचेर अध्ययन थालेको हो ।
जुट मिल सञ्चालनमा आएको वि.सं. १९९३ असार ३० गते अङ्ग्रेजी भाषामा पहिलो निर्णय लेखिएको थियो । मि...