प्रहरीको ‘सम्झाइ बुझाइ’पछि रिहा भए ज्ञानेन्द्र शाही
काठमाडौं– ‘पत्रकार सम्मेलन’का क्रममा प्रहरीमाथि नै दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका ज्ञानेन्द्र भनिने ज्ञानबहादुर शाही सोमबार रिहा भएका छन् ।
आफूलाई भ्रष्टाचार विरोधी अभियान्ता भन्ने शाहीले आइतबार ललितपुरको पुल्चोकमा आयोजना गरेको ‘पत्रकार सम्मेलन’मा प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका थिए ।
शनिबार नेपालगञ्ज विमानस्थलबाट काठमाडौं आउने क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्...