काठमाडौं, २९ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईसँग जहाजभित्रै यात्रुहरू आक्रोशित बनेको तर भट्टराई चुपचाप बसेको भिडियो अहिले सोसल मिडियामा भाइरल बनेको छ। नेपालगन्ज विमानस्थलमा बुद्ध यएरको जहाज मन्त्रीका कारण एक घण्टा ढिलो भएको भन्दै आफुलाई भ्रष्टाचार विरोधी अभियन्ता बताउने ज्ञानेन्द्र शाहीले मन्त्री भट्टराईलाई अभद्र ब्यवहार गरेका थिए । उनले मन्त्री भट्टराईलाई भनेका छन् एक घण्टासम्म प्लेन रोक्ने ? कहाँ हुनुहुन्थ्यो ? मोजमस्तीमा हुनुहुन्थ्यो कि कहाँ हुनुहुन्थ्यो ? शाहिले आफुले मोवाइलमा भिडियो खिच्दै मन्त्रीलाई गाली गरेका छन् । भिडियो खिच्दै चर्को चर्को श्वरमा बोलेका शाहीले शाहीले मन्त्रीलाई सोध्छन्, टाइमको ख्याल राख्नुपर्छ कि पर्दैन ?

ुपञ्चायतमा बरु यस्तो थिएन, भिडियो खिच्दै शाहीले फेरी आक्रोशित हुँदै मन्त्रीलाई भन्छन् । आक्रोशित यात्रुहरूलाई मन्त्री भट्टराई भने केही पनि जवाफ दिँदैनन्। उनीसँगै रहेकाहरूले यात्रुहरूलाई सम्झाउन खोजेको तर मन्त्री भट्टराईले प्रतिक्रिया दिन नचाहेको भिडियोमा देखिन्छ।

मन्त्री विमानस्थलमा आइनपुग्दै देखि उनी आफु बोलेको भिडियो मोवाइलमा रेकर्ड गर्दै चिच्याइरहेका हुन्छन् । उनले बुद्ध एअरका कर्मचारीलाई थर्काउँदै भन्छन् यो बुद्ध एअर हो कि मन्त्रीको चम्चा ? उनी अझै चिच्याउँछन्। बुद्ध एअरका कर्मचारीलाई पनि यात्रुहरूले जहाज किन रोकिएको भन्दै झाँको झारेका छन्। नेपालगन्ज विमानस्थलमा आफैले मन्त्रीलाई थर्काएको भिडियो खिचेर शाहीले फेसबुकमा त्यो भिडियो अपलोड गरेका छन् । उनले त्यो भिडियो अपलोड गर्दै लेखेका छन् लेखेका छन् मन्त्री योगेश भट्टराईले आज नेपालगन्ज एअरपोर्टमा १ घन्टा प्लेन कुराएपछि हामी नागरिकले रामधुलाई गरियो। विचरा मन्त्रीज्यू मुसो लुके जसरी लुक्नु भो। अब नागरिक सचेत भइसके। अरिङ्गालका दिन गन्ती सुरु।

विमानस्थलमा त्यत्रो काण्ड भएपछि मन्त्री भट्टराईले पनि सामाजिक सञ्जालमा माफि मागेका छन् । मन्त्री भट्टराईले भने एक घण्टा नभई कार्यक्रम ढिला भएका कारण जहाज चढ्न आफू १५ मिनेट ढिला भएको बताएका छन्। आफ्ना कारण यात्रुहरूलाई भएको असुविधाप्रति पनि उनले माफी मागेका छन्। उक्त भिडियो भाइरल भएपछि मन्त्री भट्टराईले फेसबुकमा स्पष्टिकरण दिँदै १५ मिनेट आफ्ना कारण ढिला भएको स्वीकारेका छन्।

कैलाली जिल्लाको टिकापुरमा आयोजित डल्फिन महोत्सवको कार्यक्रम सकेर बुद्ध एअरको धनगढीको अन्तिम उडानबाट काठमाडौं फर्कने क्रममा भएको घटनाबारे मन्त्रीले फेसबुकमा लेखेका छन्। ुकार्यक्रम ढिला भएका कारण बुद्ध एयरसँग अनुरोध गरेर नेपालगञ्जको अन्तिम उडानबाट काठमाडौं फर्कने क्रममा केही ढिला हुन गएको सत्य होु, मन्त्री भट्टराईले लेखेका छन्, ुसबै यात्रुको बोर्डिङ भएको करिब १५ मिनेटमा हाम्रो टिमको बोर्डिङ भएको हो। प्रतिनिधिसभामा माननीयहरूको प्रश्नको जवाफ दिने कार्यक्रम रहेका कारण काठमाडौं फर्कनै पर्ने दबाबमा थिएँ।

उनले फेसबुकमा लेखेका छन्, एकजनाले पारसविरुद्ध सातलाख हस्ताक्षर दरबारमा बुझाएर तैंले हामीलाई कति दुस्ख दिएको छस् ? हामीले कहाँ बिर्सेंका छौँ र ? सम्म भने। त्यो सुनेपछि उनीहरूको नियत मैले बुझिहाले।

तर भिडियोमा देखिएका ज्ञानेन्द्र शाहीले भने जहाजमा कसैले पनि पारस (पूर्व युवराज पारस शाह) को नाम नलिएको दावी गरेका छन् । उनले मन्त्री भट्टराईले झुटो बोलेको दावी गरेका छन् । पारसको नाम आफुले खिचेको भिडियोमा कहीँ कतै नभएको भन्दै हामीसँग सबै भिडियो छ। पारसको कुरा कसैले उठाएको छैन। गैरजिम्मेवार जवाफ नदिन अनुरोध, उनले फेसबुकमा लेखेका छन्।

तपाईको प्रतिक्रिया