सय करोडको सडक निर्माण नसक्दै भत्कियो
काठमान्डाै / एसियाली विकास बैंक (एडिबी) को ऋण अनुदानमा निर्माणाधीन जनकपुरको सहरी सडक पूरा नहुँदै भत्कन थालेको छ । गुणस्तरहीन निर्माण समाग्रीको प्रयोग र मापदण्डविपरीत काम गर्दा निर्माण पूरा भएको घोषणा हुन नपाउँदै सडक भत्कन थालेको हो ।
जनकपुर बजार क्षेत्रमा भूमिगत नाला र सडक निर्माण तथा एकीकृत फोहोर व्यवस्थापनका लागि सडक बनाउन एडिबी र तत्कालीन जनकपुर नगरपालिकाबीच पाँच वर्षअघि सम्झौता भएको थिय...