यो घटना पनि चितवनमा नै घटेको हो , धादिंगको छेपांड गाऊँका रबि सेढाईं केहि बर्ष अघि दुई चार पैसा कमाउन भनेर मलेशिया गएका थिए। मलेशियाबाट रबिले लुरुलुरु श्रीमतीलाई पैसा पठाए तर नेपाल फर्कंदा रबि रित्तै भए किनकि उनले पठाएको पैसा सबै खर्च भैसकेको थियो।

आफुले दुख गरेर पठाएको पैसा त्यसरी स्वाहा भएको थाहा पाएपछि रबि सेढाईं पीरले रन्थनिए। बाबु आमालाई श्रीमतीले दिएर खर्च भयो कि भनेर चितवन भण्डारा गएर खोजीनिती गरे। आफुले पठाएको पैसा बारे श्रीमतीलाई सोधे , जवाफ पाएनन।

त्यस्तैमा रविलाई अर्को सूचना आइलाग्यो। अनि फेरि पत्नीलाई सोधे, ‘म विदेशमा हुँदा तिमी त पिल्स खान्थ्यौ रे नि नानु?’ त्यही कुराले श्रीमतीलाई पीडा भएर नारायणीको तीरमा पत्नीले आत्महत्या गरिन्। रबिकी पत्नीले नारायणीको तीरमा विष पिएर आत्महत्या गरिन्।

तर अहिले रवि रने भरतपुर कारागारमा कैदी छन्।उनलाई आत्महत्या दुरुत्साहन्को मुद्दा लागेको छ।

रविले मलेसियाबाट आफ्नो कठोर मेहनतको मूल्य पत्नीलाई पठाइरहे। तर, फर्किएर आउँदा रित्तै भए पैसा स्वाहा भएको रहेछ । उनले पैसाको बारेमा श्रीमतीसंग सोधीखोजी गरे, यो कुरा सामान्य हो, पतिले पत्नीलाई मनमा लागेको आशंका सोध्नु।

रविले श्रीमतीलाई मर्न जाऊ भनेका त थिएनन् । तर, रवि गत चैतदेखि आत्महत्या दुरुत्साहन मुद्दाको पुर्पक्ष अन्तर्गत कारागारमा जेल सजायं भोगिरहेका छन्। गणतन्त्रपछि आएको यो नयाँ कानून यति अलोकप्रिय बनेको छ कि यसैका कारण गणतन्त्र प्रति नै जनताले प्रश्न उठाउन थालेका छन्। नयाँ कानूनमा निकै अस्पस्टता छन् र यस अस्पस्टतालाई टेकेर प्रहरी र वकीलहरुले कमाई खाने भाँडो बनाइरहेका छन् , जति नियम कानून थपिन्छ , नेपाल जस्तो देशमा त्यसबाट प्रहरी र वकीलले फाइदा उठाउँछन् तर जनतालाई ऐन लाग्छ, त्यसैले त भनिन्छ “सानालाई ऐन, ठूलालाई चैन।”

तपाईको प्रतिक्रिया