मोरङको सुन्दरहरैचा नगरपालीका अन्तर्गत बिहीबार नगरपालीकाका मेयर शिव प्रशाद ढकालको अध्यक्षतामा   चौथो नगरसभाबाट आर्थिक वर्ष २०७६/७७ का लागि १ अर्ब ८ करोड ७७ लाख ८० हजार बजेट बिनियोजन गरिएको छ ।

नगरसभाले यो आर्थिक वर्षको सामाजिक सुरूक्षा तर्फ १८ करोड रकम बिनियोजन गरेको छ ।  त्यसैगरी यसै बर्ष देखि नगर क्षेत्रमा भौतिक पूर्वाधार सम्बन्धि नीति ल्याइने जनाइएको छ । उक्त नीतिले नगर क्षेत्रमा हुने साना तथा ठुला बिकासका योजनाहरूलाइ बिशेष प्राथमिकतामा राखि बजेट उपलब्ध गराउने सभामा जानकारी गराइएको छ ।

कार्यक्रममा नगर प्रमुख शिव प्रशाद ढकालले यसै वर्ष देखि घर नक्सा सम्बन्धि सेवा लिन अाउने सेवाग्राहिहरूलाइ मध्यनजर गर्दै डिजिटलाक्इजेसन गरिएकाे बताए । त्यसैगरी सुनदरहरैचा नगरपालीकामा अविलम्ब रात्रिकालिन बजार लाग्ने ब्यवस्था मिलाइने भएकाे छ ।

चौथो नगरसभाबाटै नगर प्रमुख उज्यालो सुन्दर हरैचा कार्यक्रम पनि अघि सारेको छ । यस कार्य अन्तरगत नगरका ग्रामिण क्षेत्र जहा बिजुली बत्तिको सेवा पुगेको छैन सो स्थानहरूमा अविलम्ब बिद्युत सेवा पुर्याइने छ । सभाले नगर क्षेत्रमा रहेका पर्यटकिय क्षेत्रकाृ प्रवर्दनकालागि उपयोगी कदमहरू चाल्ने जनाइएको छ । सुन्दरहरैचाको वाड नं ५मा अवस्थित नयाँ बृन्दावनलाइ नेपालकै एेतिहासिक र नमुना धार्मिक पर्यटकिय स्थलको रूपमा बिकास गरिने भएको छ।

बजेट तथा नीति कार्यक्रम अन्तर्गत यो बर्ष केन्द्रिय सरकारले ६८ करोड २३ लाख बजेट प्रदान गरेको जनाइको छ ।संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बिहीबारबाटै स्वास्थ्य बिमा कार्यक्रम सुरू भएको घोषणा गरिको थियो। स्वास्थ्य बीमा सुरु भए सँगै आज नगर प्रमुख शिव ढकाल,उपप्रमुख धना तामाङ, सुन्दरहरैचा वार्ड नं ४ का वार्ड अध्यक्ष शैलेन्द्र श्रेष्ठ त्यसैगरी सुन्दर हरैचाका जेष्ठ नागरिकहरु लगायतले प्रमुख अतिथि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लाल बाबु पण्डितबाट स्वास्थ्य बीमा कार्ड लिएका थिए र अरूलाई पनि स्वास्थ्य बीमा कार्ड लिन आग्रह गरेका थिए।

उद्योग वाणिज्य संघ सुन्दरदुलारीका अध्यक्ष किशोर कार्कि ,काेशी हरैचा उद्याेग वाणिज्य संघका अध्यक्ष नवराज चापागाइ ,  नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत गणेश दहाल , सुन्दर हरैचाका सबै वडाका वडाध्यक्षहरू बिभिन्न राजनीतिक दलका प्रतिनिधि , समाजसेवि , शिक्षक ,लगायत ब्यापक जनसहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया