झापा / झापामा एक जना भारतीय नागरिकले आफ्नै शरिरमा आगो लगाई आत्महत्या गरेका छन् । अर्जुनधारा नगरपालिका-६ महानन्द चोकमा रहेको प्रदिप गिरीको फर्निचरमा काम गर्ने भारतिय नागरिक बिश्वनाथ बरमनले आत्महत्या गरेका हुन् ।

बिहिवार दिउँसो साँढे ४ बजेको समयमा फर्निचरमा प्रयोग हुने तारपिनको तेल र स्प्रिट खन्याई उक्त फर्निचरमा रहेको ट्वाईलेटमा पसी ढोका बन्द गरी आफ्नै शरिरमा आगो लगाएर आत्महत्या गरेका इलाका प्रहरी कार्यालय अनारमनीले जनाएकाे छ । प्रहरी घटनास्थल सम्म पुग्दा बरमनलाई मृत अवस्थामा फेला पारेको थियो । आगो लगाउनु कारण खुल्न नसकेको तथा अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया