एसईईमा ४ जीपीए ल्याउने विद्यार्थी र विद्यालयलाई महानगरको सम्मान
विराटनगर / माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा सर्वोत्तम नतिजा ४ जीपीए ल्याउने विद्यार्थी र विद्यालयलाई विराटनगर महानगरपालिकाले सम्मान गरेको छ ।
विराटनगर महानगरमा आज शुक्रबार आयोजना गरेको कार्यक्रममा महानगर क्षेत्रभित्र सञ्चालित सामुदायिक र संस्थागत विद्यालयबाट ४ जीपीए ल्याउने विद्यार्थी र विद्यालयलाई महानगरले सम्मान गरेको हो । ४ जीपीए ल्याउने विद्यार्थीहरुमा विकेभिएमका अभियान राजवंशी, गौरव ...











