ईभी गाडी प्रहरीको नियन्त्रणमा, चालकसहित २ जना पक्राउ

ईभी गाडी प्रहरीको नियन्त्रणमा, चालकसहित २ जना पक्राउ
हिलेबाट सुनसरीको इटहरीतर्फ आउँदै गरेको यात्रुवाहक ईभी गाडीमा लागुऔषध गाँजा भेटिएको छ । गाडीमा गाँजा भेटिएपछि चालकसहित २ जना पक्राउ परेका छन् । प्रदेश १–०२–००१ ज ४५७५ नम्बरको गाडीलाई इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको सई रमेश प्रधान नेतृत्वको टोलीले आइतबार बिहान ७ः५० बजेतिर नियन्त्रणमा लिएको थियो । साँगुरीगढी गाउँपालिका–६ भेडेटारबाट गाडीलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा सीटमुनि १२ किलोग्रा...

इलाममा विषाक्त च्याउ खाँदा २ जनाको मृत्यु

इलाममा विषाक्त च्याउ खाँदा २ जनाको मृत्यु
टिपेर ल्याएको च्याउ पकाएर खाँदा इलाममा २ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार उनीहरुको आज (आइतबार) मृत्यु भएको हो । माङ्सेबुङ गाउँपालिका–५ घर भएका उनीहरु काम गर्नका लागि अन्तुतिर गएका थिए । मृत्यु हुनेमा माङ्सेबुङ–५ की १७ वर्षीया नुमा लावती र २२ वर्षीया मनिसा चेम्जोङ छन् । च्याउ खाएका धनराज साङ्बाङ गम्भीर बिरामी परेका छन् । खाएको केही समयपछि पेट दुख्ने, वान्ता हुने जस्ता लक्षण देखिएको थियो। प्...

सुनको भाउ तोलामा १४ सयले बढ्याे

सुनको भाउ तोलामा १४ सयले बढ्याे
आइतबार सुनको भाउ तोलामा १४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९१ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९० हजार ४ सयमा कारोबार भएको थियो ।

सुनको भाउ तोलामा ११ सयले घट्याे

सुनको भाउ तोलामा ११ सयले घट्याे
शुक्रबार सुनको भाउ तोलामा ११ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि भाउ प्रतितोला १ लाख ९० हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९१ हजार ५ सय रुपैयाँ थियो । चाँदीको भाउ तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २०२५ रुपैयाँ रहेको चाँदी आज २००५ रुपैयाँमा कायम भएको छ । #

तोलामा १७ सय बढ्यो सुन

तोलामा १७ सय बढ्यो सुन
बिहीबार सुनको भाउ तोलामा १ हजार ७ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९१ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ८९ हजार ८ सय रुपैयाँ थियो । चाँदीको भाउ तोलामा ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९९० रुपैयाँ रहेको चाँदी आज २ हजार २५ रुपैयाँ पुगेको छ ।

दिनहुँ वर्षा, के मनसुन चाँडै अाउछ त ?

दिनहुँ वर्षा, के मनसुन चाँडै अाउछ त ?
काठमाडौं । केही दिनयता देशका अधिकांश स्थानमा बादल लाग्ने र पानी पर्ने क्रम जारी छ । आगामी तीन दिन पनि हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको छ । अरेबियन सागर, बंगालको खाडी र स्थानीय वायुको प्रभावले केही दिनयता नेपालमा वर्षा गराइरहेको छ । यस्तो अवस्था आगामी तीन दिनसम्मै रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद प्रतिभा मानन्ध...

डीएसपीले चलाएको गाडीले सांसद सवार गाडीलाई ठक्कर दिँदा कानेपोखरीमा दुर्घटना

डीएसपीले चलाएको गाडीले सांसद सवार गाडीलाई ठक्कर दिँदा कानेपोखरीमा दुर्घटना
इटहरी । कोशी प्रदेशका सांसद सवार गाडीलाई कानेपोखरीमा डीएसपी सवार गाडीले ठक्कर दिएको छ । सोमबार दिउँसो पूर्व जाँदै गरेको बा ५ च ३५२० नम्बरको रातो कारले विराटनगर आउँदै गरेको बिएइ १४०६ नम्बरको सांसद सवार अर्को कारलाई ठक्कर दिएको थियो । कारमा प्रदेश सभा सदस्यहरू नम्बरलाल धिमाल, राधाकृष्ण खनाल, मैयाँ श्रेष्ठ र विद्या चाम्लिङ सवार थिए । जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी नायव उपरीक्षक...

संखुवासभामा चट्याङले लागेर महिलाको मृत्यु

संखुवासभामा चट्याङले लागेर महिलाको मृत्यु
संखुवासभामा चट्याङले लागेर १ जना महिलाको मृत्यु भएको छ । ३ जना गम्भीर घाइते भएका छन् । चैनपुर नगरपालिका–१ मानेडाँडामा परेको चट्याङले लागेर ३१ वर्षीया निर्मला तामाङको मृत्यु भएको हो । संखुवासभाका निमित्त प्रहरी प्रमुख एवं इन्स्पेक्टर अभिषेक श्रेष्ठका अनुसार हावाहुरीसँगै बुधबार अपरान्ह ४ बजेतिर चट्याङ परेको थियो । घरमै बसिरहेका बेला चट्याङले लागेर तामाङ गम्भीर घाइते भएकी थिइन् । उपचारका लागि प्र...

सुन प्रति तोला ३५ सयले घटयो

सुन प्रति तोला ३५ सयले घटयो
काठमाडौं / आज एकैदिन सुनको भाउ प्रतितोला ३ हजार ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ८१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधवार भने प्रतितोला १ लाख ८५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । उता, चाँदीको भाउ पनि बिहिबार तोलामा नै ३५ रुपैयाँ घटेको जनाइएकाे छ । बुधवार प्रति तोला १ हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ९२...

सुन तोलामा २ हजार घट्यो

सुन तोलामा २ हजार घट्यो
नेपालमा सुनको मूल्य दुई दिनमा ५ हजार ७ सय रुपैयाँले घटेको छ र अहिले प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँमा पुगेको छ। सुनको भाउमा आएको गिरावटसँगै, चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला १९७० रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनको नयाँ मूल्य तोकेको छ। ३० वैशाख, काठमाडौं । सुनको भाउ प्रतितोला २ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महास...