उदयपुरमा चट्याङ लागेर १३ वर्षीय बालकको मृत्यु
उदयपुर ः कटारी नगरपालिकामा चट्याङ लागेर बालकको मृत्यु भएको छ । कटारी–८ फूलबारीका १३ वर्षीय बालक चित्रबहादुर वलम्पाकी मगरको मृत्यु भएको वडाध्यक्ष नवीन तामाङले जानकारी दिए ।
सोमबार दिउँसो बाख्रा चराउन गएका चित्र साँझसम्म घर नफर्किएको र बेलुकी खोजी गर्न जाँदा ढलिरहेको अवस्थामा फेला परेका थिए ।
“साँझ बाख्रा आए पनि छोरा नआएपछि बुबा मानबहादुर खोज्न गएका रहेछन्”, वडाध्यक्ष तामाङले भने , “खोज्न ज...











