झापामा मंगलबार राति पिकअप गाडीमा भारतीय नम्बर प्लेटको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक भारतीय नागरिकको मृत्यु भएको छ ।
मेची राजमार्गअन्तर्गत भद्रपुर नगरपालिका–२ चारआलीमा मे १ च ५४४७ नम्बरको पिकअपसँग बीआर ३७ भी २१२७ नम्बरको मोटरसाइकल राति ८ः१५ बजेतिर ठोक्किएको हो । भद्रपुरबाट केचनातर्फ जाँदै गरेको पिकअप मोड्ने क्रममा विपरीत दिशाबाट तीव्र गतिमा आइरहेको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीको भनाइ छ ।
दुर्घटनामा मोटरसाइकल चालक भारत बतासीका ३४ वर्षीय दिलिप राजवंशीको मृत्यु भएको छ । गम्भीर घाइते उनलाई उद्धार गरेर उपचारका लागि ओम साई पाथीभरा अस्पताल भद्रपुर पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीको भनाइ छ ।
पिकअप चालक झापा–३ का ४४ वर्षीय पंकज सुवेदीलायृ नियन्त्रणमा लिएरु प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

तपाईको प्रतिक्रिया