मोरङमा युवक मृत फेला, मोटरसाइकल पनि छेउमै भेटियो

मोरङमा युवक मृत फेला, मोटरसाइकल पनि छेउमै भेटियो
मोरङ । मोरङको धनपालथान गाउँपालिका–३ ललिया टोलमा १ जना युवक बुधबार बिहान मृत फेला परेका छन् । युवकको शवनजिकै उनी आफैंले चलाउँदै आएको को २१ प १६५६ नम्बरको मोटरसाइकल पनि भेटिएको छ । धनपालथान–२ का ३७ वर्षीय विजय मण्डल मृत फेला परेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार सडकदेखि करिब ३ मिटर तल नालामा उनी मृत भेटिएका हुन् । मण्डल मोटरसाइकल दुर्घटनामा परेको हुनसक्ने प्रहरीको अनुमान छ । स्थानीयले नालामा...

१७ अर्ब ८६ करोडको अवैध कारोबार, मोरङका २ सहित २१ जना पक्राउ

१७ अर्ब ८६ करोडको अवैध कारोबार, मोरङका २ सहित २१ जना पक्राउ
विराटनगर । १७ अर्ब ८६ करोड भन्दा बढी रकम अवैध कारोबार गरेको आरोपमा मोरङका २ सहित प्रहरीले २१ जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले मोरङको रतुवामाई नगरपालिका– ६ आमबारीका वीरेन्द्रप्रसाद साह र दीपेन्द्रप्रसाद साहसहित ११ जिल्लाबाट २१ जनालाई पक्राउ गरेको हो । मोरङका वीरेन्द्र र दीपेन्द्रले २ अर्ब ८२ करोड १९ लाख ३३ हजार अवैध कारोबार गरेको सीआइबीकाे आरोप छ ।अव...

धरानबाट हराएको बस विराटनगरमा भेटियो, पार्टपुर्जा बिक्री

धरानबाट हराएको बस विराटनगरमा भेटियो, पार्टपुर्जा बिक्री
विराटनगर । सुनसरीको धरानबाट चोरी भएको यात्रुबहाक बस विराटनगरमा भेटिएको छ । शुक्रबार बिहान धरान उपमहानगरपालिका–८ दुर्गापथस्थित ग्यारेजबाट चोरी भएको प्रदेश १– ०२–००१ को ९७४९ नम्बरको बस चार दिनपछि विराटनगर महानगरपालिका– १२ मंगलबारेमा भेटिएको हो । ग्यारेजबाट हराएको बस पार्टपुर्जा निकालिएको अवस्थामा मंगलबार दिउँसो विराटनगरमा भेटिएको हो । बसका मालिक हरेन्द्र चेम्जोङ हुन् ।प्रहरी स्रोतका अनुसार विराट...

विराटनगरमा घरको गेटले किच्दा बालकको मृत्यु

विराटनगरमा घरको गेटले किच्दा बालकको मृत्यु
विराटनगर । घरको गेटले किच्दा विराटनगरमा एक बालकको मृत्यु भएको छ । मंगलबार बिहान विराटनगर महानगरपालिका– ४ जामुनगाछी स्थित राधाकृष्ण मार्ग बस्ने नारायण झाका १० वर्षीय छोरा प्रियान्सु झाको मृत्यु भएको हो । आफ्नै घरको फलामको मेन गेट खोल्ने क्रममा बिहान करिब साढे ९ बजे उनलाई गेटले किचेको थियो ।गेटले किच्दा गम्भीर घाइते भएका बालकलाई नोबेल मेडिकल कलेजमा लगिएको थियो । उपचारका क्रममा चिकित्सकले मृत घोष...

आज १६ बैशाख २०८२ मंगलवारको राशिफल

आज १६ बैशाख २०८२ मंगलवारको राशिफल
मेष । विद्यार्थीहरूलाई शिक्षाको क्षेत्रमा शिक्षकहरूको सहयोग मिल्नेछ। सानो प्रयासले गर्दा ठूलो कार्य सम्पन्न हुनेछ। कला वा साहित्यको क्षेत्रमा सफलता मिल्ला। पारिवारिक सद्भाव राम्रो रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ। वृष । पहिलाको सफलताले नयाँ कार्य गर्नमा हौसला जगाउनेछ। बुद्धिको उपयोगले विद्या र धन आर्जन गर्न सकिनेछ। कानुनी मामलाहरूमा सफलता मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ ...

नेपाल–भारत सीमा क्षेत्रमा कडा निगरानी

नेपाल–भारत सीमा क्षेत्रमा कडा निगरानी
सुनसरी । भारतको जम्मु कश्मीर राज्यको पहलगाममा भएको आतङ्ककारी हमलापछि यहाँको नेपाल–भारत सीमा क्षेत्रमा निगरानी बढाइएको छ । खुला सीमाका कारण कुनै किसिमका अवाञ्छित गतिविधि हुन नदिन निगरानी बढाइएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए। जिल्लाको बर्जु, हरिनगर र कोसी गाउँपालिकामा पर्ने नेपाल–भारत सीमा क्षेत्रको निरीक्षण गर्नुका साथै सुरक्षा सतर्कता बढाइएको उनले बताए । सशस्त्र प...

बेलबारी ४ का बिष्ट सहित २ जना पक्राउ

बेलबारी ४ का बिष्ट सहित २ जना पक्राउ
मोरङ। मोरङ र झापाबाट प्रहरीले २ जनालाई पक्राउ गरेको छ । स्कुटरमा सवार रहेका र सीटी सफारी चालक युवा पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–१६ बाट प्रदेश १–०२–०४० प ८६१९ नम्बरको स्कुटरमा सवार विपुल विष्ट र झापाको मेची नगरपालिका–६ बाट प्रदेश १–०१–००२ ह २३६६ नम्बरको सफारीका चालक अविनाश ढकाल पक्राउ परेका हुन् । मोरङको बेलबारी नगरपालिका–४ घर भएका २८ वर्षीय विष्टलाई भारतको जोगवनीबाट लागुऔषध लिएर आउँ...

तोलामा १४ सय घट्यो सुन

तोलामा १४ सय घट्यो  सुन
सोमबार सुनको भाउ तोलामा १४ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुन प्रतितोला १ लाख ८८ हजार ३ सय रुपैयाँ मूल्य तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ८९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९९० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ९७० मा झरेको छ ।

आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन

आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन
काठमाडौं । जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी आज मातातीर्थ औँसी मनाइँदैछ । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्वलाईं ‘आमाको मुख हेर्ने दिन’ वा ‘आमा खुवाउने’ औँसी पनि भनिन्छ । यस दिन बिहान सबेरै स्नान गरी आमालाई उपहार दिने, विभिन्न मिष्ठान्न खुवाइ आमाको मुख हेर्ने र आशिर्वाद लिने प्रचलन छ । आमा नभएकाहरुले भने श्राद्ध गर्दै आमाको स...

आज १३ बैशाख २०८२ शनिवारको राशिफल

आज १३ बैशाख २०८२ शनिवारको राशिफल
मेष । नयाँ कार्यको थालनीमा शुभचिन्तकहरूको सहयोग लिनुहोला। कसैमाथि पनि विश्वास गरेर ऋण दिनदेखि बच्नुहोस्। यात्रा सुखदाई रहनेछ। खानपानमा विशेष ध्यान दिनुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ। वृष । प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। मिडिया वा चलचित्रको क्षेत्र विशेष लाभदायी रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ। मिथुन । सोचेको ...