मोरङ । मोरङको धनपालथान गाउँपालिका–३ ललिया टोलमा १ जना युवक बुधबार बिहान मृत फेला परेका छन् ।
युवकको शवनजिकै उनी आफैंले चलाउँदै आएको को २१ प १६५६ नम्बरको मोटरसाइकल पनि भेटिएको छ । धनपालथान–२ का ३७ वर्षीय विजय मण्डल मृत फेला परेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार सडकदेखि करिब ३ मिटर तल नालामा उनी मृत भेटिएका हुन् । मण्डल मोटरसाइकल दुर्घटनामा परेको हुनसक्ने प्रहरीको अनुमान छ ।
स्थानीयले नालामा शव देखेपछि बिहान ६ः१५ बजेतिर प्रहरीलाई खबर गरेका थिए । मोटरसाइकल चलाउने क्रममा दुर्घटनामा परेर सडकबाट नालामा खसेपछि उठ्न नसकेर उनको मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
मण्डलले चलाउँदै आएको मोटरसाइकल उनको शवनजिकै भेटिएको हो । इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोलीले शवलाई पोस्टमार्टमका लागि पठाएर घटनाको अनुसन्धान सुरु गरेको छ ।

तपाईको प्रतिक्रिया