बसबाट यात्रुको एक लाख नगद चोर्ने दुई महिला पक्राउ

बसबाट यात्रुको एक लाख नगद चोर्ने दुई महिला पक्राउ
भद्रपुर – बसबाट एक लाख रुपैयाँ नगद चोरी गरेर भाग्दै गरेका दुई महिलालाई प्रहरीले सोमबार चारआलीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको पानीट्याङ्की घर बताउने २५ वर्षीया पूजा गुल्ठा र २५ वर्षीया कविता मण्डल रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार काँकडभिट्टा–बिर्तामोड चल्ने यात्रु बसमा यात्रा गर्दै गरेकी अर्जुनधारा...

सोलुखुम्बुमा आगलागी, ९८ लाख बराबरको क्षति

सोलुखुम्बुमा आगलागी, ९८ लाख बराबरको क्षति
सोलुखुम्बु / सोलुखुम्बुको नेचासल्यान गाउँपालिका-१ ख्याम्पु बस्ने चन्द्र प्रकास कोईरालाको घरमा आगलागी हुँदा अंदाजी ९८ लाख बराबरको क्षति भएको छ । आज बिहानको राती २ बजेको समयमा अचानक बिधुत लाईन सर्ट भई आगोलागी हुदा कोईरालाको ढुङ्गा माटोले बनेको ३ तले घर, घर भित्र रहेको काठ तखती २०० थान, सरा २०० थान, अन्नपात, लत्ता कपडा, भडाकुडा पुर्ण रुपमा जलेर नष्ठ हुदा अंदाजी ८० लाख बराबर क्षति भएको छ...

झापामा यसरी समातिए हनी ट्रयापरदेखि एयर होस्टेजसम्म

झापामा यसरी समातिए हनी ट्रयापरदेखि एयर होस्टेजसम्म
झापा / झापा जिल्लामा बिर्तामोड सुरक्षाका हिसाबले निकै संवेदनशील मानिन्छ । आपराधिक गतिविधि बढी हुने तथा जनघनत्व समेत धेरै भएकाले बिर्तामोड क्षेत्रको सुरक्षा व्यवस्था चुस्त राख्न प्रहरीलाई हम्मे–हम्मे हुने गरेको छ । तर, गत जेठ महिनाबाट इलाका प्रहरी कार्यालय अनारमनीको नेतृत्व सम्हालेका प्रहरी नायब उपरीक्षक मोहन थापा छोटो समयमा नै आपराधिक गतिविधि नियन्त्रणमा उल्लेख्य काम गर्न सफल भएका छन...

बेवारिसे अवस्थामा लुकाइएको पटाका बरामद

बेवारिसे अवस्थामा लुकाइएको पटाका बरामद
सप्तरीको राजविराजस्थित नेताचोकबाट लुकाइछिपाइ राखिएको पटाका गएराति प्रहरीले बरामद गरेको छ । विशेष सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले सप्तरीको राजविराज नगरपालिका–४ स्थित नेताचोकबाट पटकाहरु बरामद गरिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए । बेवारिसे अवस्थामा लुकाइएको पटाकाहरु विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीको टोलीले जाँच गर्दा...

धरानमा भेटियो नक्कली नोट

धरानमा भेटियो नक्कली नोट
धरान / नेपालीहरुको दोस्रो ठूलो चाड नजिकिदै जादा धरानमा नक्कली नोटकोे भेटिएको छ । धरान १३ कृषि उपज बजारमा आएका व्यापारीहरुबाट सामान खरिद गर्न आएका व्यापारीहरुबाट चारवटा एक सयका नक्कली नोट भेटिएकाे हाे । धरानमा अहिले नक्कली नोटको कारोबारको बढेको बताइएको छ । सोही बजारमा केही समय अगाडि नेपाली नक्कली नोट भेटिएको थियो । अहिले पुन १ सयका नक्कली नोट भेटिएपछि कानुनी जटिलता आउने देखेर व्यवसायीहरुले नै नो...

यता पनि भारतीय दादागीरी ! महाकाली ब्यारेजका ढोकामा ताल्चा , घाटमा खरानी बगाउन पानीको अभाव

यता पनि भारतीय दादागीरी ! महाकाली ब्यारेजका ढोकामा ताल्चा , घाटमा खरानी बगाउन पानीको अभाव
भीमदत्तनगर (कञ्चनपुर)। नेपाल–भारतको सीमामा बग्ने महाकाली नदी दुवै देशको साझा नदी भनिए पनि शारदा ब्यारेजका १६ वटै ढोकामा ताल्चा लगाएर भारतले महाकालीको पूरै पानी भारततर्फ लैजाँदा श्मशानघाटमा लाश जलाएर खरानी बगाउनसमेत नेपालीले पानी पाउन सकेका छैनन् । नेपाल–भारतको सीमामा बग्ने महाकालीको पानी आधा–आधा गरिने भने पनि भारतले बर्खामा सबै ढोका खोलिदिँदा बाढी र हिउँद लागेपछि ब्यारेजका सबै ढोका थुनेर पानी ल...

प्रहरीमा पुग्यो विप्लवको राजनीतिक दस्तावेज, सैन्य संरचना बनाउने निर्णयहरु भेटिए

प्रहरीमा पुग्यो विप्लवको राजनीतिक दस्तावेज, सैन्य संरचना बनाउने निर्णयहरु भेटिए
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपा लडाकु दस्ता (सैन्य संरचना) निर्माणको तयारीमा रहेको खुलेको छ। हालै बरामद राजनीतिक दस्तावेजमा सैन्य संरचना बनाउने निर्णयहरू भेटिएको प्रहरीले जनाएको छ। पार्टीलाई बलियो बनाउन र प्रतिरक्षाका लागि सैन्य संरचना निर्माण गर्ने ती दस्तावेजमा उल्लेख छ। त्यसका लागि तालिम र प्रशिक्षण सञ्चालन गर्ने निर्णय भएको दस्तावेज प्रहरीले फेला पारेको छ। ‘बरामद द...

ललिता निवास प्रकरणः गच्छदार पनि छानबिनमा तानिँदै

ललिता निवास प्रकरणः गच्छदार पनि छानबिनमा तानिँदै
काठमान्डाैं / ‘कांग्रेस उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारसमेत ललिता निवास जग्गा अनियमितत प्रकरणको अनुसन्धानमा तानिएका छन् । उक्त जग्गा जोडिएका सबैजसो व्यक्तिसँग बयान र सोधपुछपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग गच्छदारलाई समेत बोलाएर ‘बयान लिने’ निष्कर्षमा पुगेको छ । गच्छदारले उपप्रधान तथा निर्माणमन्त्री हुँदा विवादित प्रस्तावमाथि निर्णय गरी मन्त्रिपरिषद्मा पठाउन स्वीकृति दिएका थिए...

सरकारकै सिफारिसले किसानलाई धोका, ३४८ हेक्टरमा गरिमा जातको धान फलेन

सरकारकै सिफारिसले किसानलाई धोका, ३४८ हेक्टरमा गरिमा जातको धान फलेन
काठमान्डाैं / नेपाल सरकारले पञ्जिकृत गरेको गरिमा जात (वर्णशंकर) को धान खेती गरेका कैलाली र कञ्चनपुरका किसानको ३ सय ४८ हेक्टर जमिनमा फसल लागेको छैन। कैलाली–कञ्चनपुरका किसानले मसिनो तथा बास्नादार र खानका लागि स्वादिलो हुने भन्दै गरिमा जातको धान रोपेका थिए। धान पाक्ने बेलामा पनि बाला नलागेपछि किसानले धोका पाएको महसुस गरेका छन्। कैलाली–कञ्चनपुरमा एक लाख २० हजार हेक्टर क्षेत्रफलमा धान खेती ह...

‘सिजनल इफेक्ट’: अघिल्लो वर्षभन्दा चाँडै बढ्यो चिसो

‘सिजनल इफेक्ट’: अघिल्लो वर्षभन्दा चाँडै बढ्यो चिसो
काठमाडौं / काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको मापन गरिएको छ । दसैंलगत्तै तापक्रम घटेका कारण उपत्यकासहित देशभर नै चिसोको प्रभाव बढेकोे जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अघिल्लो वर्षको तुलनामा छिट्टै चिसो बढेको हो । मौसमविद् मीनकुमार अर्यालले वायुमण्डलको प्रभावका कारण चिसो बढेको बताए । ‘धुवाँधुलोका कारण पनि वायुमण्डल प्रदूषित भएकाले चिसो बढेको हो,’ उनले भने । अघिल्लो वर्ष ...