धरान / नेपालीहरुको दोस्रो ठूलो चाड नजिकिदै जादा धरानमा नक्कली नोटकोे भेटिएको छ । धरान १३ कृषि उपज बजारमा आएका व्यापारीहरुबाट सामान खरिद गर्न आएका व्यापारीहरुबाट चारवटा एक सयका नक्कली नोट भेटिएकाे हाे । धरानमा अहिले नक्कली नोटको कारोबारको बढेको बताइएको छ ।

सोही बजारमा केही समय अगाडि नेपाली नक्कली नोट भेटिएको थियो । अहिले पुन १ सयका नक्कली नोट भेटिएपछि कानुनी जटिलता आउने देखेर व्यवसायीहरुले नै नोटहरु च्यातेर फालेका थिए । नोट यहाँका व्यवसायीमा नभई बाहिरबाट हरियो सागसब्जी, सुख्खा तरकारी, फलफूल खरिद गर्न आउने व्यापारीबाट भेटिएको कृषि उपज बजारका एक व्यापारीले बताएका छन् ।

भेटिएको नक्कली एक सयको नोट अन्य नोट भन्दा गाडा रहेको, बीचमा भएको सेतो धागो नभएको र लाली गुरासको लोगो भएको ठाउमा खाली रहेको पाइएको छ । चाडपर्वको मौका छोपेर यस्ता नक्कली नोट कारोबारी बढेका छन् । प्रहरी प्रशासनले यसतर्फ निगरानी बढाउन जरुरी देखिएको छ ।

तपाईको प्रतिक्रिया