सोलुखुम्बु / सोलुखुम्बुको नेचासल्यान गाउँपालिका-१ ख्याम्पु बस्ने चन्द्र प्रकास कोईरालाको घरमा आगलागी हुँदा अंदाजी ९८ लाख बराबरको क्षति भएको छ । आज बिहानको राती २ बजेको समयमा अचानक बिधुत लाईन सर्ट भई आगोलागी हुदा कोईरालाको ढुङ्गा माटोले बनेको ३ तले घर, घर भित्र रहेको काठ तखती २०० थान, सरा २०० थान, अन्नपात, लत्ता कपडा, भडाकुडा पुर्ण रुपमा जलेर नष्ठ हुदा अंदाजी ८० लाख बराबर क्षति भएको छ भने सोहि घरमा कोठा भाडा लिई बस्ने रमेश कुमार राईको बैक स्टोर सप्लायर साझेदारी स्टोर भित्र रहेको जुत्ता, चप्पल, रेडिमेट कपडा, किराना सामान समेत पुर्ण रुपमा जल्दा अंदाजी १८ लाख बराबरको क्षति भएको छ ।

घटनाबारे बिहान ४ बजेको समयमा अस्थायी प्रहरी चौकी सल्यानलाई जानकारी गराउनासाथ तत्काल घटनास्थलमा खटिएको प्रहरीको टोलीले स्थानियको सहयोगमा उक्त आगो बिहान सवा ६ बजेको समयमा पूर्ण रुपमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

तपाईको प्रतिक्रिया