एसईई नतिजा राम्रो नआएपछि दुई छात्राले गरे आत्महत्या
धनगढी : माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सन्तोषजनक नआएपछि कैलालीमा दुई छात्राले आत्महत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गोदावरी नगरपालिकाका ती छात्रा आज आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।
उनीहरूले आत्महत्या गर्नुको कारण एसईईको नतिजा राम्रो नआएको हुन सक्ने प्रारम्भिक बुझाइ रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिम...











