मोरङको सुनवर्षीबाट बेवारिसे अवस्थामा ठूलो परिमाणमा लागुऔषध बरामद
विराटनगर । मोरङको सुनवर्षीबाट सोमबार साँझ ठूलो परिमाणमा बेवारिसे अवस्थाको लागुऔषध बरामद भएको छ ।
सुनवर्षी नगरपालिका–९ स्थित हरिशचन्द्रगढी खोलाको पूर्वतर्फ बेवारिसे अवस्थामा लागुऔषध भेटिएको हो । पहेँलो र रातो रंगको कपडाको झोलाभित्र राखिएको अवस्थामा लागुऔषध ट्रमाडोल साँझ ५ बजेतिर बरामद गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
उनका अनुसार ५ हजार क्याप्सुल (५ सय पत्ता) ट...











